Jhorahat Logo
Birat Info Text Logo
निशन्तानपनमा प्रजनन स्वास्थ्य विशेषज्ञको भूमिका

निशन्तानपनमा प्रजनन स्वास्थ्य विशेषज्ञको भूमिका

मिनेटमा पढ्नुहोसस्वास्थ्य

निशन्तानपन भन्नाले विवाह वा नियमित यौन सम्पर्कपछि पनि लामो समयसम्म गर्भधारण हुन नसक्ने अवस्थालाई जनाइन्छ। साधारणतया, यदि पति-पत्नीले एक वर्षसम्म नियमित र असुरक्षित यौन सम्पर्क राख्दा पनि बच्चा नभएमा त्यसलाई निशन्तानपन (Infertility) भनिन्छ।

यो समस्या पुरुष, महिला वा दुबैजनामा हुन सक्छ। यसको कारण शारीरिक, हर्मोनल, स्वास्थ्यसम्बन्धी समस्या वा कहिलेकाहीं जीवनशैलीसँग पनि सम्बन्धित हुन सक्छ। निशन्तानपनको उपचार सम्भव छ, र समयमै जाँच गराएर सही उपचार लिँदा धेरै जोडीहरू सफलतापूर्वक अभिभावक बन्न सक्ने सम्भावना हुन्छ।

प्रजनन स्वास्थ्य विशेषज्ञलाई कहिले देखाउनुपर्छ?

परिवार सुरु गर्ने सपना धेरै जोडीहरूको लागि खुसी र रमाइलो कुरा हो तर कहिलेकाहीँ, गर्भधारण सजिलै नहुन सक्छ। यस्तो हुँदा मानिसहरू अलमलमा पर्न सक्छन् र दुखी पनि हुन सक्छन्  जसले गर्दा कहिलेकाहीं श्रीमान वा श्रीमतीलाई डिप्रेसन समेत हुन सक्छ । सबै जोडीहरूको कुरा फरक हुन्छ। कतिपयलाई केही महिनामा नै गर्भधारण हुन्छ भने कतिपयलाई अलिकति बढी समय लाग्न सक्छ, जुन सामान्य हो।

तर कहिले काहीं लामो समयसम्म प्रयास गर्दा पनि गर्व धारण नभएमा , प्रजनन स्वास्थ्य विशेषज्ञको परामर्श लिनुनै राम्रो हुन्छ। प्रजनन स्वास्थ्य विशेषज्ञ भन्नाले गर्भधारणमा समस्या परेका जोडीहरूलाई सहयोग गर्ने डाक्टरलाई जनाउँछ। अब प्रश्न आउँछ, कहिले जानु पर्ने? तल केही स्पष्ट कारणहरू छन् जुनले तपाईलाई फर्टिलिटी विशेषज्ञलाई देखाउनु पर्ने बेला थाहा हुन्छ।

प्रजनन स्वास्थ्य विशेषज्ञ संग कहिले परामर्श लिने ?

यदि तपाई ३० वर्ष मुनि हुनुहुन्छ र लगातार नियमित यौन सम्पर्क राख्दै १२ महिनाभन्दा बढी समय गर्भधारण नभएमा प्रजनन स्वास्थ्य विशेषज्ञलाई देखाउनुपर्छ। सामान्यतया धेरै जोडीहरू एक वर्ष भित्र गर्भधारण गर्छन्, त्यसैले एक वर्षपछि जाँच गराउनु राम्रो हुन्छ।

तपाईको उमेर ३५ वर्षभन्दा माथि छ भने ६ महिना सम्म प्रयास गरेपछि पनि गर्भधारण नभए तुरुन्तै विशेषज्ञलाई देखाउनु राम्रो हुन्छ। उमेरसँगै प्रजनन क्षमता कम हुने भएकाले छिटो जाँच गर्दा समस्या पत्ता लगाउन र समाधान गर्न सजिलो हुन्छ।

महिनावारीको नियमितता प्रजनन स्वास्थ्यको संकेत हो। यदि तपाईको महिनावारी अनियमित छ, धेरै लामो वा छोटो छ, वा महिनावारी नै हुँदैन भने तपाईले नियमित रुपमा ओभुलेसन (अण्डोत्सर्जन) नगरेको हुनसक्छ। यसले गर्भधारण गर्न कठिनाइ हुन्छ। यस्तो अवस्थामा डाक्टरले परीक्षण गरी समस्या पत्ता लगाएर उपचार दिन सक्छन्।

Sponsored Advertisement

यदि तपाईलाई पहिले देखि कुनै यस्ता प्रजनन समस्या आएको छ भने गर्भधारण प्रयास सुरु गर्नु अघि नै विशेषज्ञसँग परामर्श लिनु राम्रो हुन्छ। यस्ता समस्यामा PCOS (पलिसिस्टिक ओवरी सिन्ड्रोम), एन्डोमेट्रियोसिस, फाइब्राइड्स (गर्भाशयको गाँठो), र फ्यालोपियन ट्युब ब्लक हुनु पर्छ। यी समस्याले गर्भधारणमा असर पुर्‍याउन सक्छन् र चाँडो उपचार गर्दा सफलताको सम्भावना बढ्छ।

प्रजनन समस्या महिलामात्र होइन, पुरुषमा पनि हुन सक्छ। यदि तपाईको श्रीमानलाई शुक्राणुको संख्या कम वा चल्ने क्षमता कम हुनु, अन्डकोषमा चोटपटक लागेको हुनु, जन्मिँदा अन्डकोष तल नझरेको हुनु, वा हर्मोनल समस्या छ भने, शुक्राणु परीक्षण गराउनु र विशेषज्ञसँग सल्लाह लिनु आवश्यक हुन्छ।

यदि तपाईलाई दुई वा बढी पटक बारम्बार गर्भपतन (मिस्क्यारेज) भएको छ भने, यो संकेत हो कि गर्भावस्थालाई कायम राख्न केही समस्या हुनसक्छ। यसको कारणहरू हर्मोनल समस्या, जेनेटिक समस्या, वा गर्भाशयसँग सम्बन्धित समस्या हुनसक्छन्। विशेषज्ञले यो कारण पत्ता लगाएर उपचारमा सहयोग गर्नेछन्।

प्रजनन स्वास्थ्य विशेषज्ञलाई छिटो देखाउँदा के के फाइदा हुन्छ?

गर्भधारणमा समस्या आउँदा धेरै जोडीहरूले आफूलाई एक्लो र निराश महसुस गर्छन्। यसले मानसिक तनाव बढ्न सक्छ र कहिलेकाहीं मनमा निराशा, डर वा डरपोकपन पनि आउन सक्छ। तर याद राख्नुस्, तपाई यो समस्या सँग एक्लो हुनुहुन्न। संसारभर धेरै जोडीहरू यस्तै समस्याबाट गुज्रिरहेका छन् र उपचारका लागि विशेषज्ञहरूको सहयोग लिइरहेका छन्। सही समयमै विशेषज्ञसँग जाँच गराउँदा समस्या बुझ्न सजिलो हुन्छ र कारण के हो भनेर चाँडो थाहा पाइन्छ।

छिटो जाँच गरेपछि डाक्टरहरूले उपयुक्त उपचार सुरु गर्न सक्छन्, जसले गर्भधारणको सम्भावना धेरै बढाउँछ। यदि समस्या विस्तारै बढ्न दिइयो भने कहिलेकाहीं उपचार गर्न गाह्रो हुन सक्छ र धेरै समय पनि लाग्न सक्छ। तर छिटो नै विशेषज्ञलाई भेट्दा उपचार सजिलो हुन्छ र सफलताको दर पनि बढी हुन्छ। यसले तपाईको समय, ऊर्जा, र मानसिक तनाव दुवै बचाउँछ।

धेरै पटक ढिला गर्दा समस्या अझ जटिल हुन सक्छ र गर्भधारणमा थप कठिनाइहरू आउन सक्छन्। त्यसैले, जति चाँडो विशेषज्ञको सल्लाह लिन्छौँ, त्यति नै राम्रो हुन्छ। यसले तपाईलाई स्पष्टता दिन्छ र भविष्यको लागि राम्रो योजना बनाउन सहयोग गर्छ।

आफ्नो प्रजनन स्वास्थ्यको जिम्मेवारी लिनुहोस्

यदि माथि बताइएका कुनै पनि समस्या तपाईलाई छ भने ढिलाइ नगर्नुहोस् र तुरुन्तै प्रजनन स्वास्थ्य विशेषज्ञलाई देखाउनुहोस्। आफूमाथि ध्यान दिनु र आफ्नो प्रजनन स्वास्थ्यलाई प्राथमिकता दिनु अत्यन्त जरुरी छ। विशेषज्ञहरूले तपाईको समस्या राम्रोसंग बुझेर उचित सल्लाह र उपचार दिनेछन्।

सही समयमा उपचार सुरु गरेर तपाई आफ्नो शरीरलाई स्वस्थ बनाउन सक्नुहुन्छ र गर्भधारणको सम्भावना बढाउन सक्नुहुन्छ। यसले तपाईलाई मानसिक रुपमा पनि बलियो बनाउँछ र परिवार बनाउनको यात्रामा आशा र आत्मविश्वास दिन्छ।

याद राख्नुस्, प्रजनन स्वास्थ्यमा ध्यान दिनु तपाईको अधिकार र जिम्मेवारी हो। समयमै सहायता लिएर तपाईले आफ्नो परिवार बनाउनको सपना पुरा गर्न सक्नुहुन्छ र सुखी जीवन बिताउन सक्नुहुन्छ। आफ्नो स्वास्थ्यप्रति सचेत भएर विशेषज्ञको सहयोग लिनुहोस्, किनभने सही मार्गदर्शन र उपचारले मात्र तपाईलाई सफलताको बाटो देखाउन सक्छ।

यस समाचार सम्बन्धी अधिक जानकारी

डा. सीता राई

डा. सीता राई झापा, दमक–६स्थित कोपिला फर्टिलिटी एण्ड विमेन्स क्लिनिक (kopilaclinic.com.np) की सम्मानित स्त्रीरोग विशेषज्ञ, प्रसूति रोग विशेषज्ञ तथा फर्टिलिटी स्पेसलिस्ट हुनुहुन्छ। डा. राईको समर्पण र मानवीय दृष्टिकोणले धेरै दम्पतीको जीवनमा खुशी ल्याएको छ, जसका कारण उहाँलाई धेरैले "आशाको किरण"का रूपमा मान्ने गरेका छन्।

कम्मेंट्स (0/10)

कमेन्ट गर्न कृपया साइन इन गर्नुहोस्।
No comments yet

सम्बन्धित खबरहरू

बच्चालाई अटिजम भएको कसरी थाहा पाउने ?
बच्चालाई अटिजम भएको कसरी थाहा पाउने ?

समाजमा अटिजमप्रति रहेको भ्रम, डर, र पूर्वाग्रहलाई हटाउँदै यथार्थ बुझाइलाई फैलाउनु पनि हामी सबैको कर्तव्य हो । जब बच्चालाई समयमै सहारा दिइन्छ, उसले पनि आफ्नो योग्यताको अधिकतम उपयोग गर्दै जीवनमा प्रगति गर्न सक्छ

वास्तवमा अटिजम के हो?
वास्तवमा अटिजम के हो?

गर्भावस्थामा अत्यधिक तनाव, धुवाँ वा प्रदूषणमा लामो समयसम्म रहनु अटिजमको सम्भावना बढाउने कारक मानिन्छ। साथै, समयभन्दा अघि जन्मनु, आमाको पोषणमा कमी, वा जन्मपछिको दीर्घकालीन स्वास्थ्य समस्या पनि यसका कारण बन्न सक्छन्।

एलोभेरा (घ्यूकुमारी) का फाइदाहरू
एलोभेरा (घ्यूकुमारी) का फाइदाहरू

एलोभेराले रगत सफा गर्छ र शरीरभित्रको अंगहरूलाई स्वस्थ राख्छ। मधुमेह (सुगर) का बिरामीले पनि डाक्टरको सल्लाहमा एलोभेरा सेवन गर्न सक्ने बताइन्छ।

विराट इन्फर्म्याटिक्स प्रा. लि.

[object Object] icon[object Object] icon[object Object] icon[object Object] icon

हाम्रो टिम

  • अध्यक्ष : सुधीर नेपाल
  • सम्पादक : नबीन भट्टराई
  • प्रविधि : प्रकाश उप्रेती
  • व्यवस्थापन : सुभाष उप्रेती

सम्पर्क

  • सूचना विभाग दर्ता नं. YYY-०८१/८२

  • कमलपोखरी, काठमाडौं, नेपाल

  • +९७७-१-४५४८०६८
  • info@biratinfo.com

एप डाउनलोड गर्नुहोस्

Get it on Google PlayDownload on the App Store

Copyright © 2025 BIRAT Informatics Pvt.

A Product of SRIYOG Consulting